झापा १ मा कांग्रेसबाट उम्मेदवारीका लागि शर्माको नाम सर्वसम्मत सिफारिस
बिहीबार, १६ भदौ २०७९, १३ : २६
प्रतिनिधिसभा निर्वाचनका लागि झापाको क्षेत्र नं १ बाट नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नाम सर्वसम्मत सिफारिस भएको छ । बिहीबार बसेको नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठकले शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
झापा १ मा प्रतिनिधिसभातर्फ शर्मा बाहेक कसैको पनि उम्मेदवारका लागि निवेदन नपरेकाले सर्वसम्मत सिफारिस गर्ने निर्णय भएको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले बताए । उनका अनुसार मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा शर्माको मात्रै निवेदन परेको हो । शर्मा झापा १ बाट २०७० र २०७४ मा पनि प्रतिनिधि सभाको निर्वाचन लडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैन : महासचिव पोखरेल
-
एमाले हेटौंडा कमिटीको अध्यक्षमा कार्की निर्वाचित
-
एकीकृत समाजवादीको कार्ययोजना पारित
-
रविलाई थप ४ दिन म्याद माग्दै प्रहरी
-
अल्छे सांसदले बैठक ‘बङ्क’ गर्दा ‘पङ्गु’ बन्दैछन् संसदीय समितिहरू
-
भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ‘लुटेरा’ सिराहाबाट पक्राउ