मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री पाण्डेद्वारा जिल्ला प्रशासन कार्यालय अनुगमन

बिहीबार, १६ भदौ २०७९, १३ : २२
बिहीबार, १६ भदौ २०७९

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जिल्ला प्रशासन कार्यालय मकवानपुरको आज अनुगमन गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी तथा विभिन्न सिफारिस कक्षमा पुगेर सेवाग्राहीसँग कार्यालयको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका थिए ।

सो अवसरमा उनले सेवाग्राहीलाई छिटो–छरितो सेवा उपलब्ध गराई सेवाग्राहीलाई आवश्यक पर्ने पूर्वाधार विकासका लागि पनि संरचना तयार सहित सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन सम्बन्धित निकायलाई निर्देशन दिए । त्यस्तै आसन्न मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ निष्पक्ष एवं भयरहित बनाउन आवश्यक शान्ति सुरक्षा उपलब्ध गराउनेतर्फ पनि सुरक्षा रणनीति तयार गर्न मुख्यमन्त्री पाण्डेले आग्रह गरे ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र  सहायका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले प्रशासनिक सेवा तथा अर्धन्यायिक मुद्दाको फछ्र्यौट, नागरिक सेवा, राहदानी सेवा तथा अन्य सिफारिस सेवा, जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे मुख्यमन्त्री पाण्डेलाई जानकारी गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप