शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

एकैदिन तोलामा ९०० ले घट्यो सुनको मूल्य

बिहीबार, १६ भदौ २०७९, १२ : २०
बिहीबार, १६ भदौ २०७९

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको जानकारी दिएको छ । आजको मूल्य तोक्दै महासंघले हिजोको तुलनामा भाउ घटेको जानकारी दिएको हो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ ।

मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ थियो ।

पछिल्लो समय सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ । विषेशगरी, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दाको प्रभाव नेपाली बजारमा समेत देखिएको महासंघमा आबद्ध व्यवसायीहरूले बताएका छन् । यसैगरी, आज चाँदीको मूल्य तोलामा ११ सय रुपैयाँ छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा ११ सय ३० रुपैयाँ रहेको थियो । आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप