बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बीमा कलेज स्थापनाको तयारी भइरहेको छ : मन्त्री शर्मा

बिहीबार, १६ भदौ २०७९, १२ : १२
बिहीबार, १६ भदौ २०७९

अर्थमन्त्री जनार्दन शर्माले सरकारले बीमा कलेजको स्थापना गर्ने तयारी गरिरहेको बताएका छन् । आज बीमा समितिको कर्णाली प्रदेश कार्यालयको उद्घाटन गर्दै मन्त्री शर्माले बीमा सम्बन्धि पढाइ सञ्चालन गर्ने गरी बीमा कलेज स्थापना गरिने बताए ।  

उनले बीमा कम्पनीहरु सहर केन्द्रित भएको भन्दै यसलाई दुरदराजसम्म विस्तार गर्नुपर्नेमा जोड दिए ।  क्षति न्युनीकरण गर्न बीमको सुरुवात भएको भन्दै सरकारले यसलाई व्यवस्थित गर्ने योजना अघि सारेको शर्माले बताए । 

प्रदेश कार्यालयलाई धेरै अधिकार दिएको अब कर्णाली प्रदेशमा पनि बीमा समितिले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको शर्माले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप