शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चीन निर्यातमा नयाँ नियम लगाउने तयारी, अमेरिकी चीप निर्माता कम्पनीको सेयर खस्कियो

बिहीबार, १६ भदौ २०७९, १२ : ०७
बिहीबार, १६ भदौ २०७९

चीनलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’ चीपहरु बिक्री गर्ने विषयमा अमेरिकाले नयाँ प्रतिबन्ध लगाउने आशंकाबीच अमेरिकी चीप निर्माता कम्पनी एनभिडिया र एएमडीको सेयर मूल्य खस्केको छ । यस्ता चीपहरु चीन र रुसले सैन्य क्षेत्रमा प्रयोग गर्ने अमेरिकाको आशङ्का रहेको छ ।

नयाँ प्रतिबन्धले दुई कम्पनीको लाखौँ डलरको आम्दानीमा असर पर्ने आशङ्का छ । लगत्तै न्युयोर्कमा दुवै चीप निर्माता कम्पनीको मूल्य घटेको थियो । एनभिडियाको सेयर मूल्य ६.६ प्रतिशतले घट्यो भने एएमडीको सेयर मूल्य ३.७ प्रतिशतले घटेको थियो । 

नयाँ लाइसेन्स प्रक्रियाले एनभिडियाको ए १०० र एच १०० चीपको निर्यातमा असर पुग्ने कम्पनीले बताएको छ । चीनमा हुने ४० करोड अमेरिकी डलर बराबरको व्यापारमा असर पुग्ने कम्पनीको भनाई छ । त्यस्तै, एएमडीले पनि नयाँ नियम लागू भएपछि चीनमा हुने एमआई २५० चीपको निर्यातमा असर पुग्ने बताइएको छ ।

यसअघि युक्रेनमा सैन्य कारबाही सुरु गरे यता दुवै कम्पनीले रुसमा चीपको बिक्रीलाई बन्द गरेका थिए । –बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप