मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

‘मुक्तिनाथ उत्कृष्ट मुद्दती’ योजना सञ्चालनमा

बिहीबार, १६ भदौ २०७९, १२ : ०६
बिहीबार, १६ भदौ २०७९

मुक्तिनाथ विकास बैंक निक्षेपकर्ताहरुलाई लाभदायी ब्याजदर प्रदान गर्ने र रु २२.५० लाख सम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ उत्कृष्ट मुद्दती’ योजना सञ्चालनमा ल्याएको छ । यो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा न्यूनतम रु ५ लाख मौज्दात राखेर मुद्दती खाता खोल्ने खातावालहरुले आफ्ना लागि रु १० लाख सम्मको दुर्घटना बीमा, रु. २ लाखको घातक रोग बीमा र रु. ५० हजारको आवधिक जीवन बीमा, साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत रु १० लाख सम्मको दुर्घटना बीमा सुविधा पाउन सक्नेछन् । 

 यस योजना अन्तर्गत ग्राहकहरूले १ वर्ष देखि २ वर्ष सम्मको मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ । 
 जति अवधिको मुद्दती खाता खोलियो त्यति नै  समयावधिका लागि बीमा सुविधा प्राप्त सकिने बैंकले जनाएको छ । यो योजनाबाट ग्राहकलाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप