शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सांसद तथा जिल्ला अध्यक्ष थापाले छाडे एमाले

बिहीबार, १६ भदौ २०७९, १२ : ०२
बिहीबार, १६ भदौ २०७९

नेकपा एमाले कैलाली जिल्ला अध्यक्ष तथा प्रदेश सांसद रतन थापा एमाले परित्याग गरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।  थापासहित पूर्व सांसद हिमाञ्चल भट्टराई र कैया चौधरीसहितका एमाले नेता कार्यकर्ता एमाले परित्याग गर्दै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । 

उन्मुक्ती पार्टीले बिहीबार काठमाडौमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई उन्मुक्ती पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी प्रवेश गराएकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप