शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित

बिहीबार, १६ भदौ २०७९, ११ : ५८
बिहीबार, १६ भदौ २०७९

पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित भएका छन् । प्रत्यासी नृपध्वज महत र व्यवसायी उद्धव गौतमलाई पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् । काभ्रेपलाञ्चोकको बनेपामा बुधबार सम्पन्न मतदानमा पाँच सय ८२ व्यवसायीले मतदान गरेका थिए । त्यसमा सबैभन्दा बढी मत क्षेत्रीले पाएका हुन् । अध्यक्षमा निर्वाचित क्षेत्रीले दुई सय ९७ मत प्राप्त गर्दा गौतमले एक सय २६ र महतले एक सय १८ मत प्राप्त गरेका थिए ।

क्षेत्रीले यसअघि पनि अरनिको यातायातको नेतृत्व सम्हालिसकेका छन् । विसं २०७४ को निर्वाचनमा क्षेत्री नेकपा (एमाले)का तर्फबाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । पछिल्लो समय क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गरी सक्रिय राजनीतिमा रहेका छन् ।

अरनिको यातायातले दोलखा, सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लामा यातायात सेवा सञ्चालन गर्दै आएको छ । सरकारले सार्वजनिक यातायातलाई कम्पनी मातहत लैजाने निर्णय गरेपछि अरनिको यातायात सेवा समिति पूर्व अरनिको यातायात प्रालिका रूपमा सञ्चालन हुँदै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप