मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ५ सयभन्दा बढी सवारी चालकमाथि कारवाही

बिहीबार, १६ भदौ २०७९, ११ : ४९
बिहीबार, १६ भदौ २०७९

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ५२४ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्नेमा अनावश्यक हर्न बजाउने २३५ जना, फुटपाथमा पार्किङ गर्ने २६७ जना, मदिरा पिएर सवारी साधन चलाउने १५६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ११८ जना र ढोका खुल्लै राखेर सवारी चलाउने ११७ जना सवारी चालक रहेक छन् । 

यस्तै तीव्र गतिमा सवारी साधन चलाउने १०३ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ९५ जना, लेन उल्लङ्घन गर्ने ७९ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २५ जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप