युरोपियन युनियनद्वारा रुसी नागरिकलाई भिसा दिन कडाइ

युरोपियन युनियन (ईयू) का विदेश मन्त्रीहरू रुससँगको भिसा सम्झौता निलम्बन गर्न सहमत भएका छन् । योसँगै रुसी नागरिकलाई युरोपेली मुलुकहरूमा प्रवेश पाउन असहज हुने भएको छ । युक्रेनलगायत केही राष्ट्रहरूले रुसमाथि पूर्ण प्रतिबन्ध लगाउन माग गरे पनि फ्रान्स र जर्मनी त्यसको विपक्षमा उभिएका थिए । गत फेब्रुअरीमा रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गरेयता लाखौँ रुसी नागरिकहरूले युरोपको यात्रा गरेका छन् ।
रुससँग सीमा जोडिएका अन्य युरोपेली मुलुकहरूले थप प्रतिबन्ध लगाउन सक्ने अपेक्षा गरिएको छ । रुसका उप विदेशमन्त्री अलेक्सान्डर ग्लुस्कोले युरोपेली युनियनले ‘आफ्नो खुट्टामा आफै गोली प्रहार गरिरहेको’ प्रतिक्रिया जनाएका छन् । उनले ईयूको पछिल्लो कदमको रुसले जवाफ दिने पनि चेतावनी दिए ।
उता युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले भने ईयूको कदमलाई ‘अधुरो उपाय’ बताउँदै आलोचना गरेका छन् । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार