आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

नेपालमा शक्ति केन्द्रहरु सलबलाए : महासचिव गुरुङ

बिहीबार, १६ भदौ २०७९, ११ : ४१
बिहीबार, १६ भदौ २०७९

नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेपालमा विदेशी शक्ति केन्द्रहरु सलबलाएको बताएका छन् । नेपालमा शान्ति र दिगो विकास नचाहने शक्ति केन्द्रहरु सलबलाएको उनको भनाइ छ ।
लमजुङको मध्यनेपाल नगरपालिकास्थित जनचेतना पुस्तकालयको स्वर्ण महोत्सव उदघाटन गर्दै गुरुङले मुलुक इष्ट इण्डिया कम्पनी र नेपालबीचको युद्धपछिकै ठुलो संकटमा रहेको बताए । उनले अहिलेको संकट समाधानका लागि सबै दलहरु एकजुट हुनुपर्ने आवश्यकता औंल्याए । 

राष्ट्र र राष्ट्रियता रहेमात्र राजनीति गर्ने अवस्था आउने भन्दै गुरुङले पहिला राष्ट्र जोगाउन सबै राष्ट्रवादी शक्तिहरु एकजुट हुन आवश्यक रहेको दोहोर्याए ।  अहिलेको अवस्थामा सर्वदलीय सरकार निर्माण गरेर भएपनि समाधान खोजिनुपर्नेमा उनको जोड थियो । 

लमजुङका जनताले आफूलाई राष्ट्रहितका लागि र विकासका लागि मत दिएको भन्दै उनले बाँचुन्जेल राष्ट्रहीत विपरीतका कुनैपनि काम नगर्ने र हुन नदिनेतर्फ लागिपर्ने प्रतिबद्धता जनाए । आगामी निर्वाचनबाट राष्ट्रिय स्वाधीनताको पक्षमा लड्ने पात्रहरु सदनमा पुगून् भन्ने आफ्नो चाहना रहेको पनि उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप