सिफारिस समितिमा चोलेन्द्रसँग दोस्रो दिनको बयान सुरु
बिहीबार, १६ भदौ २०७९, ११ : ३९
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग दोस्रो दिनको बयान लिन सुरु गरेको छ । सिंहदरवारस्थित संसद सचिवालय भवनमा सिफारिस समितिले जबरासँग दोस्रो दिन बयान लिन सुरु गरेको हो ।
जबरा निर्धारित समयभन्दा आधाघण्टा ढिलो समितिमा उपस्थित भएसँगै दोस्रो दिनको बयान सुरु भएको हो । बुधबार पहिलो दिनको बयानमा जवरालाई ४३ मध्ये ४ प्रश्न सोधिएको थियो । त्यसक्रममा उनले सत्ता गठबन्धन, न्यायाधीशहरु, नेपाल बार लगायतमाथि आक्रोश पोखेका थिए ।