साउन महिनामा १ करोड १९ लाखको क्याट फिस भित्रियो
बिहीबार, १६ भदौ २०७९, ११ : १६
चालू आर्थिक वर्षको साउन महिनामा १ करोड १९ लाख रुपैयाँ बराबरको क्याट फिस भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशबाट उक्त मूल्य बराबरको ३८ हजार ५०० किलोग्राम क्याट फिस भित्रिएको हो ।
यसबापत आयातकर्ताले राज्यलाई ४५ लाख ६१ हजार रुपैयाँ राजश्व बुझाएका छन् । नेपाल भित्रिएको सबै क्याट फिस भारतबाट भित्रिने गरेको छ । नेपालीहरूले विदेशबाट उच्च मूल्य तिरेर समुन्द्र खान्की (सी फूड) आयात गरेर खाने गरेका छन् । जसले गर्दा प्रत्येक वर्ष सी फूडको आयातमा नेपालबाट करोडौं रुपैयाँ बाहिरिने गरेको छ ।
यस्तै, यहि अवधिमा नेपालमा ५ लाख २० हजार रुपैयाँ बराबरको गंगटा भित्रिएको छ । २१ सय ६० किलोग्राम बराबरको गंगटा आयात गर्दा आयातकर्ताले राज्यलाई १ लाख २५ हजार रुपैयाँ राजश्व बुझाएका छन् । नेपाल भित्रिने गंगटा समेत भारतबाटै आउने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत
-
‘नेपाल टेलिकमले ५ हजारसम्मको उपहार दिन्छ भन्ने सूचना झुटो’