सुपर चारमा स्थान बनाउन बंगलादेश र श्रीलंका भिड्दै
बिहीबार, १६ भदौ २०७९, १० : ४४

एसिया कप क्रिकेट अन्तर्गत बिहीबार बंगलादेश र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।
आजको खेलमा दुबै टोली पहिलो जित निकाल्ने योजनामा हुनेछन् । प्रतियोगितामा हालसम्म दुई टोलीले जित निकाल्न सकेका छैनन् । आजको खेलमा जित निकाल्ने टोली सुपर चारमा स्थान बनाउने छ ।
प्रतियोगिताको समूह ‘बी’ बाट अफगानिस्तानले सुपर चारमा स्थान बनाइसकेको छ ।
यस समूहको अन्तिम खेलमा जित निकाल्ने टोलीले सुपर चारमा स्थान बनाउने छ ।
यता समूह ‘ए’ बाट भारतले सुपर चारमा स्थान बनाइ सकेको छ । प्रतियोगिताको सुपर चारमा पुग्ने टोलीहरुले एकअर्काविरुद्ध खेल्नेछन् । शीर्ष स्थानमा हुने टोलीले फाइनलमा स्थान बनाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७२ औँ मिस वर्ल्ड हैदराबादमा सुरु, नेपालको प्रतिनिधित्व गर्दै सृच्छा (तस्बिरहरू)
-
चिजा भण्डारीका दुई मुक्तक
-
भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्छौँ : प्रधानमन्त्री
-
प्रधानमन्त्रीलाई सुवालको प्रश्न : ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारमा जाने भर्याङ मात्र हो ?
-
हेटौँडामा युवा सम्मेलन सुरू
-
नयाँ ढङ्गले मल कारखाना खोलिनेछ : प्रधानमन्त्री