खडेरी पीडितलाई लक्षित गरेर छिट्टै विशेष प्याकेज ल्याउँछौं : अर्थमन्त्री शर्मा

अर्थ मन्त्री जनार्दन शर्माले बाँकेका खडेरी पीडितलाई लक्षित गरेर छिट्टै विशेष राहत प्याकेज ल्याइने बताएका छन् ।
नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आज बिहान मन्त्री शर्मालाई नरैनापुरमा लामो समयसम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धानबालीमा क्षति पुगेकोबारे जानकारी गराएका थिए । पालिकाले सुख्खाग्रस्त क्षेत्र घोषणा गरे पनि संघीय र प्रदेश सरकारले चासो नदेखाएको प्रति चिन्ता व्यक्त गर्दै राहातको पहल गर्न उनले मन्त्री शर्मालाई आग्रह गरेका थिए ।
मन्त्री शर्माले नरैनापुरको अवस्थाका बारेमा आफूलाई जानकारी भए पनि स्थानीय सरकारबाट कुनै पहल नहुनु चिन्ताको विषय भएको बताउदै नरैनापुरको ६ वटै वडाका लागि डिप बोरिङको तत्काल व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए ।
मन्त्री शर्माले भारतीय सीमासंग जोडिएको नरैनापुरका नागरिकलाई शिक्षा र स्वास्थ्यमा पहुच बढाउन केन्द्रीय सरकारबाट पहल गरिने बताउदै सुख्खा ग्रस्त क्षेत्रका लागि विशेष व्याकेज ल्याउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग