बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुतेर उठेपछि जिउ  दुख्छ  ? यी ५ घरेलु उपायले छुटकारा पाउनुहुनेछ

बिहीबार, १६ भदौ २०७९, ०९ : २०
बिहीबार, १६ भदौ २०७९

हामीमध्ये अधिकांशलाई सुतेपछि वा निद्राबाट उठेपछि शरीर कडा हुने वा दुख्ने जस्ता समस्या हुन्छन् । यसका कारण मानिसले  निकै असुविधा र समस्याको सामना गर्नुपरेको छ । दिनभर अफिस वा यात्रा गर्दा पनि कयौं पटक यो समस्याले सताउँछ । यसबाट छुटकारा पाउन मानिसहरु विभिन्न उपायहरु अपनाउँछन् तर पनि यो समस्याले उनीहरुलाई दिनानुदिन सताउने गरेको छ । तर के तपाईंले कहिल्यै जान्न कोसिस गर्नुभएको छ कि निद्राबाट ब्युँझिएपछि जिउ किन दुख्छ ? तपाईंले यसबाट छुटकारा पाउन के गर्न सक्नुहुन्छ भनेर यहाँ जानकारी दिइएको छ ।

ब्युँझिएपछि जिउ दुख्नुका कारण

बिहान उठेपछि जिउ दुख्नुका कारण थुप्रै हुनसक्छन् । शारीरिक कमजोरी, आहारमा पोषक तत्वको कमी, निद्रा राम्रोसँग नलाग्नु र अपर्याप्त निद्रा, शारीरिक क्रियाकलापमा कमी र गतिहीन जीवनशैली यसका केही साधारण कारण छन् । यद्यपि, शरीरमा पोषक तत्वको कमी यसको एउटा ठूलो कारण हो ।

यसबाट छुटकारा पाउने उपाय

१. पोषक तत्वले भरपूर आहार खानुहोस्

तपाईंले सन्तुलित र पौष्टिक आहार लिनुपर्छ । शरीरका लागि आवश्यक पोषक तत्व हुने खानेकुरालाई आहारमा समावेश गर्नुहोस् । विशेषगरी प्रोटिन, क्याल्सियम, फाइबर र आइरन पाइने खानेकुराहरू । किनभने यो तपाईंको मांसपेशी, हड्डी, पाचन र शरीरमा रगतको कमी पूरा गर्न आवश्यक छ । दुग्धजन्य वस्तुहरू( दुध, दही, मोही, चिज आदिलाई डाइटको हिस्सा बनाउनुहोस् । फलफूल र सागसब्जीको सेवन बढी गर्नुहोस् ।

२. व्यायाम गर्नुहोस्

बिहान उठेपछि २०(२५ मिनेटसम्म व्यायाम गर्ने प्रयास गर्नुहोस् । विशेष गरी योग जस्ता स्ट्रेचिङ एक्सरसाइज गर्नुहोस् । यसका साथै, बिहान पैदल हिँड्न पनि सकिन्छ ।

३. तातो पानीले नुहाउनुहोस्

तातो पानीले नुहाउँदा थकान कम हुन्छ । यसले मांसपेशीमा  तनाव र सुजन कम गर्न पनि मद्दत गर्दछ । यसले तपाईंलाई ताजा महसुस गराउँछ र पीडा हुँदा राहत प्रदान गर्छ ।

४. पर्याप्त सुत्नुहोस्

सुत्दा शरीरले आफैलाई मर्मत गर्ने काम गर्छ । यस समयमा, शरीरका कोशिकाहरू मर्मत हुने र ठिक हुने गर्छ । त्यसैले ७(८ घण्टा राम्रोसँग निदाउनुहोस् । चाँडै सुत्ने प्रयास गर्नुहोस् र सुत्नु भन्दा कम्तिमा १ घण्टा अगाडि मोबाइल वा ल्यापटप आदि प्रयोग नगर्नुहोस् ।

५. हर्बल चिया सेवन गर्नुहोस्

बिहान उठेपछि सामान्य चिया वा सिधा नाश्ताको सट्टा हर्बल चिया पिउने प्रयास गर्नुहोस् । ग्रीन टी, क्यामोमाइल चिया, अदुवाको चिया, तुलसी र लिकोरिस आदिबाट बनेको चिया पिउनुहोस् । यसमा कागतीको रस र मह मिसाएर पिउनुहोस् । यसले तपाईंलाई उर्जा दिनेछ र शरीरको दुखाइलाई कम गर्नुको साथै तपाईंले अन्य धेरै फाइदाहरू पनि पाउनुहुनेछ ।

यो पनि ध्यानमा राख्नुहोस्

खानालाई धेरै पकाउने वा उमाल्ने प्रयास नगर्नुहोस्, किनकि यसले तिनीहरूको पोषक तत्वहरू घटाउँछ । हरियो सागसब्जी, नट र ड्राई फ्रुट्स, बीउ र फलफूल बढी खाने गर्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप