पीएसजीको सहज जित
बिहीबार, १६ भदौ २०७९, ०८ : ०५
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले टुलुजलाई ३–० गोल अन्तरले हराएको हो । टुलुजको घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन नेयमार, केलियन एम्बाप्पे र जुआन बर्नाटले एक–एक गोल गरे ।
खेलको ३७औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ५०औं मिनेटमा एम्बाप्पेको गोलमा पीएसजीले अग्रता दोब्बर पार्यो ।
९०औं मिनेटमा बर्नाटले गोल गर्दै पीएसजीलाई ३–० गोलको जित दिलाए । जितसँगै पीएसजीले लिगमा पाँच खेलबाट १३ अंक जोडेको छ । पीएसजी तालिकाको शीर्ष स्थानमा छ ।
परातिज टुलुज ५ अंक जोडेर १३ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
-
म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण
-
सीआईबी अनुसन्धानले देखायो देशभरका हजारौँ व्यापारीले तस्करीको सुन किनेको तथ्य
-
कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध