युभेन्ट्सको सहज जित, नापोली रोकियो
बिहीबार, १६ भदौ २०७९, ०७ : ५९

इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकाल्दा नापोली बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई २–० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन डुसन लाहोभिक र आर्काडिउस मिलिकले एक–एक गोल गरे । खेलको नवौं मिनेटमा गोल गर्दै डुसनले युभेन्ट्सलाई अग्रता दिलाए । खेलको इन्जुरी समयमा मिलिकले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए ।
जितसँगै युभेन्ट्सले ४ खेलबाट ८ अंक जोडेको छ । युभेन्ट्स तालिकाको चौथो स्थानमा छ ।
बुधबार राति नै भएको अर्काे खेलमा नापोली लेसेसँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलमा सुरुवाती लिएको अग्रता जोगाउन नसक्दा नापोली बराबरीमा रोकिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस
-
युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि ‘तयार’ : जेलेन्स्की
-
प्रतिनिधिसभा बैठक मङ्गलबारसम्म स्थगित
-
जेनेभामा अमेरिका–चीन व्यापार वार्ता पुनः सुरु
-
साविक उपविजेता मोक्षदालाई हराउँदै गेटवे फाइनलमा, डीएभी सुशिल केडियासँग उपाधि भिडन्त
-
स्थानीय तहका ५ अस्पताललाई स्तरोन्नति गर्दै बागमती सरकार