मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

निर्णय भएको ७ वर्षपछि सिम्रौनगढमा मालपोत कार्यालय सञ्चालनमा

बिहीबार, १६ भदौ २०७९, ०६ : ३२
बिहीबार, १६ भदौ २०७९

सरकारले निर्णय गरेको ७ वर्षपछि बाराको सिम्रौनगढमा मालपोत कार्यालयको उद्घाटन भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक कार्यक्रमबीच कार्यालयको उद्धाटन गरेकी हुन् । जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने सिम्रौनगढमा मालपोत तथा नापी कार्यालय स्थापना गर्न मन्त्रिपरिषदले ०७२ सालको असोज १४ गते निर्णय गरेको थियो ।

सिम्रौनगढमा मालपोत र नापी कार्यालय स्थापना गर्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध जिल्लाका लेखापढी व्यवसायी राम कलैयाका अन्य व्यवसायीहरुले मालपोत र नापी कार्यालय सदरमुकाम बाहिर लैजान नदिने भन्दै आन्दोलन सुरु भएपछि सिम्रौनगढमा कार्यलय स्थापना गर्ने मन्त्रिपषिदको निर्णय कार्यान्वयन हुन सकेको थिएन । मन्त्रिपरिषदको सोही मितिको निर्णयअनुसार जिल्लाको सिमरामा भने २०७२ साल माघमा नै कार्यालय स्थापना गरिएको थियो । 

'सिम्रौनगढ नगरपालिका र स्थानीय बासिन्दाले मन्त्रिपरिषदको निर्णय कार्यान्वयको माग गर्दै आएका थिए । लामो समयदेखि कार्यालय स्थापना गर्न माग गर्दै आएका थियौं,' स्थानीय समाजसेबी रामेश्वरप्रसाद यादवले भने, 'सरकारले बल्ल जनताको आवाज सुनेको छ । कार्यालय स्थापना भएपछि जग्गा सम्बन्धि कामले २५ किलो मिटर टाढा धाएर सदरमुकाम कलैया धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।'

कार्यालयको उद्घाटन भएपछि स्थानीय सर्वसाधारण सेवाग्राही खुसी बनेको उनको भनाइ छ । कार्यालय उद्धाटन गर्दै मन्त्री श्रेष्ठले जनताको घर दैलोबाट सेवा पुर्याउने उद्देश्यले कार्यलय संचालन ल्याइएको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप