शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिहीबार, १६ भदौ २०७९, ०५ : ५४
बिहीबार, १६ भदौ २०७९

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ ५४ पैसा र बिक्री दर १२७ रुपैयाँ १४ पैसा रहेको छ।   

बेलायती पाउण्ड एकको खरिद दर १४७ रुपैयाँ ३६ पैसा र बिक्री दर १४८ रुपैयाँ ०५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५२ पैसा र बिक्री दर ३४ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप