शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

हङकङलाई हराउँदै भारत सुपर चारमा

बुधबार, १५ भदौ २०७९, २३ : ३८
बुधबार, १५ भदौ २०७९

साविकको विजेता भारत एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ ।  युएईमा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै भारत सुपर चारमा प्रवेश गरेको हो । बुधबार राति हङकङलाई ४० रनले हराउँदै भारतले लगातार दोस्रो जित निकालेको हो ।

दुबईमा भारतले दिएको १९३ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ५ विकेट गुमाएर १५२ बनायो । हङकङ*का लागि बाबर हायातले ३५ बलमा ३१ तथा किन्चित शाहले २८ बलमा ३० रन बनाए । बलिङतर्फ भारतका लागि भुवनेश्वर कुमार, आबेश खान, रविन्द्र जडेजा र अर्शदिप सिंहले समान एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर १९२ रन बनायो । भारतका लागि सुर्यकुमार यादव र विराट कोहलीले अर्धशतकीय पारी खेले ।  यादवले ६८ रन बनाउँदा कोहलीले ५९ रनको योगदान गरे । त्यस्तै केएल राहुलले ३६ तथा रोहित शर्माले २१ रन बनाए । बलिङतर्फ हङकङका लागि अयुस शुक्ला र मोहम्मद घजान्फरले समान एक/एक विकेट लिए ।

यस जितसँगै भारतले सुपर ४ मा स्थान बनाएको छ । पहिलो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो । समूह ‘ए’ को भारतको २ खेलबाट ४ अंक जोडेको छ । भारत समूहको शीर्ष स्थानमा छ ।

*सच्याइएको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप