बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

रत्न शाहको मोतीविन्दुको शल्यक्रिया सम्पन्न

बुधबार, १५ भदौ २०७९, २१ : ४२
बुधबार, १५ भदौ २०७९

पूर्व मुमा बडाबहारानीराजी रत्न शाहको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । ९४ वर्षीया रत्नको काठमाडौं दरवारमार्गस्थित सुदृष्टि नेत्र चिकित्सा केन्द्रमा मोतीविन्दुको शल्यक्रिया गरिएको हो ।  उनका शल्यक्रिया डा सुमन थापाको नेतृत्वमा चिकित्सकहरुको टोलीले गरेको हो । उनी हाल सोही चिकित्सा केन्द्रमा स्वास्थ्य लाभ गरिरहेको निर्मल निवास स्रोतले जनाएको छ । 

यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले आमा रत्नको स्वास्थय अवस्थाबारे जानकारी लिएका छन् । उनीसँग पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी लगायत पनि अस्पताल पुगेका थिए ।  ज्ञानेन्द्र निर्मल निवासमा बस्दै आएपनि रत्न भने नारायणहिटीमा बस्दै आएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप