बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिबाट प्रचण्डपछि माधवसँग परामर्श

बुधबार, १५ भदौ २०७९, २० : ४३
बुधबार, १५ भदौ २०७९

राष्ट्पति विद्यादेवी भण्डारीले दलका नेताहरुसँग पालैपालो परामर्श गरेकी छन् । नागरिकता विधेयकमा असन्तुष्टि जनाउँदै आएकी राष्ट्पति भण्डारीले सोही विषयमा बुधबार सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षलगायतका नेतासँग परामर्श गरेकी हुन् ।

दिउँसो माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा नेताहरु कृष्णबहादुर महरा, जनार्दन शर्मा र वर्षमान पुनसँग परामर्श गरेकी भण्डारीले साँझ माधव नेपालसँग परामर्श गरेकी हुन् । नेताहरुसँगको भेटमा उनले नागरिकता विधेयकमा राष्ट्रिय सहमति खोज्नु उपयुक्त हुने सुझाव दिएकी छन् । यसअघि उनले कांग्रेस र एमाले, राप्रपा, लगायत दलका नेताहरुसँग पनि परामर्श गरिसकेकी छन् । 

नागरिकता विधेयक प्रतिनिधिसभाबाट दोस्रो पटक पारित भइसकेको छ भने राष्ट्रियसभाबाट पनि पारित हुने क्रममा छ । राष्ट्रियसभाले विधायन समितिमा पठाएको उक्त विधेयक बुधबार सो समितिबाट पनि हुबहु पारित भैसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप