‘पुस्तकप्रति नयाँ पुस्तामा रुचि देखिएन’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तकप्रति नयाँ पुस्तामा रूचि नदेखिएको बताएका छन् । पन्ध्रौ पुस्तकालय दिवसको अवसरमा बोल्दै मन्त्री पौडेलले नयाँ पुस्तामा पुस्तक पढ्ने रुची हराउँदै गएको बताएका हुन् ।
‘अहिलेको पुस्तामा पुस्तक पढ्ने रूचि हराउँदै गएको छ,’ पौडेलले भने, ‘पुस्तक पढ्ने रूची हराउँदै जाँदा अध्ययन अनुसन्धान क्षेत्रमा कमजोर हुने अवस्था आयो ।’ पुस्तक एवम् पत्रपत्रिका पढ्ने हराउँदै गएको बताउँदै मोबाइलमा आउने शीर्षक हेरेर धारणा बनाइ हिड्ने चलन शुरु भएको बताए । ‘लेखकले लेखेको कविता, उपन्यास र कथा पढ्नेतिर पछिल्लो पुस्तामा हराउँदै गयो,’ उनले भने,’ ‘त्यसले सामाजिक समवेदना र जिम्मेवारीबोध, संस्कार र संस्कृति हराउँदै गयो ।’
उनले आधुनिकिकरणको नाममा संस्कार र संस्कृति भुल्ने पुस्तकहरु पढ्ने, धारणा बनाउने जस्ता क्रियाकलापहरु कमजोर हुँदै गएको बताए । यस वर्ष ‘पढौं, पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऊँ’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १५औं पुस्तकालय दिवस मनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन
-
नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण
-
विचार संश्लेषणको लागि ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने नेकपाको निर्णय
-
रविलाई न्यायाधीशले मुस्कुराएर भने– तपाईंको अनुभव पछि काम लाग्छ
-
अल्पसङ्ख्यकहरूको अधिकारमा नेपाल विश्वकै उदाहरणीय : परराष्ट्रमन्त्री