सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

काठमाडौं जिल्लाका १० वटा क्षेत्रमा एमाले उम्मेदवार सिफारिस

बुधबार, १५ भदौ २०७९, १९ : ४१
बुधबार, १५ भदौ २०७९

नेकपा एमालेले काठमाडौं जिल्लका १० वटा क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गरेको छ । काठमाडौं जिल्ला कमिटीले मङ्सिर ४ गतेका लागि तय  प्रतिनिधि सभा निर्वाचनका लागि नाम सिफारिस गरेको हो ।

काठमाडौं क्षेत्र नम्बर १ बाट  टीकाराम भट्टराई, विदुर मैनाली र रूपनारायण श्रेष्ठ सिफारिस भएका छन् । त्यस्तै क्षेत्र नम्बर २ बाट मणिराम फुयाँल सिफारिस भएका छन् । क्षेत्र नम्बर ३ बाट कृष्ण राई सिफारिस हुँदा क्षेत्र नम्बर ४ बाट डा।राजन भट्टराई र निर्मल कुइँकेल सिफारिस भएका छन् ।

क्षेत्र नम्बर ५ बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मात्र सिफारिस भएका छन् । उता क्षेत्र नम्बर ६ बाट योगेन्द्र सङ्ग्रौला, लेखनाथ फुयाँल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिना सिफारिस भएका छन् । क्षेत्र नम्बर ७ मा इन्दिरा पन्त, रघुजी पन्त, बिपी ढकाल, श्याम घिमिरे र विद्यासुन्दर शाक्य, र क्षेत्र नम्बर ८ बाट राजेश शाक्य सिफारिस भएका छन् ।

क्षेत्र नम्बर  ९ मा  कृष्णगोपाल श्रेष्ठ, अजय क्रान्ति शाक्य र  विद्यासुन्दर शाक्य तथा क्षेत्र नम्बर १० बाट  शम्भुराम महर्जन, हिमेष केसी, विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन र सुरेन्द्र मानन्धर सिफारिस भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप