सामाजिक सञ्जालमार्फत अश्लील भिडियो बनाएर ‘हैरानी’ दिने दुईजना पक्राउ
सामाजिक सञ्जाल भाइबार, इन्स्टाग्राम र बिगोमा साथी बनाएर कुराकानी गर्ने क्रममा अश्लील भिडियो बनाएर हैरानी दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएर काठमाडौंको बौद्ध बस्ने १९ वर्षका रमीज राजा र ताप्लेजुङ घर भएर बौद्ध बस्ने ३२ वर्षका जेम्स तामाङ छन् ।
रमीजले नाबालिकासँग भाइबरमा अडियो संवाद गरेर ‘तिम्रो अश्लील भिडियो भाइरल छ’ भनेर त्रास देखाएर तस्बिर इडिट गरेर बनाएको भिडियो पीडितको भाइबरमा पठाएर नाजायज फाइदा लिन खोजेको साइबर ब्यूरोले जनाएको छ ।
अर्का आरोपी जेम्सले इस्टाग्राममा कुरा गर्दा पीडित महिलालाई फकाएर अश्लीलता प्रदर्शन गर्न बाध्य पारेर सो भिडियो स्क्रिन सट गरेर आर्थिक मोलाहिजा गरेको साइबर ब्यूरोका एसपी पशुपति रायले रातोपाटीलाई बताए । आरापीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा ब्यूरोले ५–५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या