मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चोलेन्द्रको आरोप : पूर्वप्रधानन्यायाधीश ‘रिटायर’ भएपछि न्यायालयमा भाग खोज्छन्

बुधबार, १५ भदौ २०७९, १८ : ३०
बुधबार, १५ भदौ २०७९

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्वप्रधानन्यायाधीशहरुले न्यायालयमा आफ्नो भाग खोज्ने गरेको बताएका छन् । बुधवार महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा उनले सो कुरा बताएका हुन् । 

समिति सदस्यहरूले सोधेको प्रश्नहरूको जवाफ दिने क्रममा राणाले पूर्वप्रधानन्यायाधीशले आफ्नो मान्छेलाई न्यायाधीश बनाउन, कर्मचारी सरुवा बढुवाका लागि दबाब दिने गरेको र त्यसो नगरेमा जसरी हुन्छ त्यसरी सिध्याउन खोज्ने प्रवृत्ति रहेको बताए । 

उनले भने–‘पूर्व प्रन्याले रिटायर भएपछि पनि आफ्नो भाग खोज्नुहुन्छ, आफ्नो मान्छे न्यायाधीश, कर्मचारी सरुवा बढुवामा भाग माग्नुहुन्छ । नदिए हामीलाई कसरी सिध्याउन सकिन्छ त्यसरी लाग्नुहुन्छ । विभिन्न कोणबाट न्यायपालिकालाई डिक्टेड गर्नुहुन्छ, कर्मचारीदेखि हरेक कुरा चलाउन खोज्नुहुन्छ ।’

बिहीबार बिहान ११ बजे पुनः अर्को बैठकमा उनीमाथि लागेको आरोपको थप बयान लिइँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप