शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं–४ बाटै उम्मेदवारीको तयारी गरिरहेको छु : गगन थापा

बुधबार, १५ भदौ २०७९, २२ : ४२
बुधबार, १५ भदौ २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले काठमाडौं ४ बाटै संघीय निर्वाचन लड्नेगरी तयारी गरिरहेको बताएका छन् । 

‘मैले काठमाडौं निर्वाचन क्षेत्र नं ४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

बुधबार थापाको नामबाट कास्की क्षेत्र नम्बर १ मा उम्मेदवारीका लागि निवेदन परेको थियो । कास्की क्षेत्र १ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि आफ्नो नाम प्रस्तुत गरेकामा थापाले धन्यवाद दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप