आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेतृत्वमा आएदेखिनै ओलीले पार्टीलाई दक्षिणपन्थी दिशामा लगे : खनाल

बुधबार, १५ भदौ २०७९, २२ : ४०
बुधबार, १५ भदौ २०७९

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) दलका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भएको टिप्पणी गरेका छन् । बुधबार सुर्खेतमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा खनालले यस्तो बताएका हुन् । ओलीले पार्टीको कार्यदिशा नभई ‘ओली युग’ को सुरुवात गरेको पनि खनालको टिप्पणी थियो । 

‘ओलीले नेतृत्वमा आएपछि नै पार्टीलाई दक्षिणपन्थमा लाने काम गरेको हुन्’, खनालको भनाइ थियो, ‘ओली पार्टी कमिटीको नीति, एजेण्डाको बे–वास्ता गर्दै अन्य नेताको कुरानै नसुन्ने गरी अघि बढ्न थालेका थिए ।’  खनालले एमालेले अघि सारेको समाजवादी क्रान्तिको बाटो ओलीले भुलेको पनि आरोप लगाए । ‘हामीले स्वीकार गर्नुपर्ने नै बाध्यता आयो,’ उनी विगत सम्झिन्छन् ।

खनालले ०७४ को स्थानीय र प्रदेशको चुनावबारे पनि ओलीको रणनीतिको बारेमा कार्यकर्तालाई जानकारी गराए । उनले भने, ‘०७४ को स्थानीय चुनावमा नजिता कमजोर आएपछि उनी (ओली) आत्तिए । अब सत्ताका पुग्ने उनको सपना साकार नहुने भएपछि नयाँ जाल रचे । त्यो जाल थियो कसरी बालुवाटार छिर्ने ?’

खनालले अगाडि भने,‘समाजवादी क्रान्ति हैन, जनतालाई सुखी र समृद्धि बनाउने नभइ बालुवाटार कसरी छिर्नेतर्फ बढी केन्द्रीत भएर माओवादीसँग एकता गर्न ओली तयार भए । बाम गठबन्धन भएर जानु राम्रै हो भनेर भनियो । तर उनको नियतिबारे सबैले जानकारी लिने अवसर पाएनन् । बामपन्थीलाई अघि बढाउने कुरा सकारात्मक थियो । सोही अनुसार संघीय संसदमा बहुमत आयो । जुन कुरा ऐतिहासिक पनि थियो ।’

०६२/६३ को जनक्रान्ति पछि ०७४ को संघ र प्रदेशको चुनाव अर्को ठुलो सफलता थियो । यद्यपि ओलीको उदण्डताले अन्ततः नेकपा मात्र नभई एमाले नै विभाजित हुन पुगेको खनालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप