संसदको कार्यकाल सकिनै लाग्दा सुदूरपश्चिममा पहिलो दल बन्दै माओवादी
सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र पहिलो पटक ठूलो दल बन्ने भएको छ । हाल प्रदेश सभामा ठूलो दल रहेको एकीकृत समाजवादीका दुई प्रदेश सभा सदस्य (तारा लामा तामाङ र कुलवीर चौधरी) एमाले प्रवेश गरेसँगै उनीहरू निलम्बनमा पर्ने छन् । १४ प्रदेश सभा सदस्यसहित ठूलो पार्टी बनेको नेकपा एसका दुई सदस्य निलम्बनमा परेमा अब उसँग १२ प्रदेश सभा सदस्य मात्रै हुने छन् ।
नेकपा एसका प्रदेशसभा सदस्यको संख्या १२ मात्रै रहेपछि १३ प्रदेश सभा सदस्य रहेको माओवादी प्रदेशको ठूलो दल बन्ने भएको छ । २०७४ मा सम्पन्न प्रदेश निर्वाचनमा १४ सांसद जितेको माओवादीबाट एकजना (झपट बोहरा) एमालेमा गएसँगै उसँग १३ जना मात्रै थिए ।
२०७४ को निर्वाचनपछि २४ प्रदेश सभा सदस्यसहित ठूलो दल बनेको एमाले विभाजित भएपछि १४ प्रदेश सभा सदस्यसहित नेकपा एस प्रदेश सभाको ठूलो दल बनेको थियो । तर प्रदेश सभाको कार्यकाल सकिनै लाग्दा नेकपा एसका दुई प्रदेशसभा सदस्य तारालामा तामाङ र कुलवीर चौधरी एमालैमै फर्केका छन् । नेकपा एस दोस्रो ठूलो दल बन्ने छ । ११ प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेस तेस्रो र १० प्रदेशसभा सदस्य रहेको एमाले चौथो दल बनेका छन् । एक–एकजना प्रदेशसभा सदस्यको जसपा र लोसपा चौथो दल बन्ने छन् ।
५३ प्रदेश सदस्य रहेको प्रदेशसभामा थप दुईजना निलम्बन हुँदा ४७ सदस्य रहने छन् । ५३ मध्ये एकजना सभामुख र एकजना उपसभामुख रछन् । हाल नेपाली कांग्रेसबाट डडेल्धुराका कर्ण मल्ल, माओवादीबाट अछामका झपट बोहरा निलम्बनमा परेका छन् ।
नेकपा एसबाट एमालेमा गएका प्रदेशसभा सदस्य तारा लामा तामाङ र कुलवीर चौधरीलाई नेकपा एसको संसदीय दलले कारवाहीका लागि संसद सचिवालयमा पत्र पठाउनुपर्नेछ । संसदीय दलले कारबाहीका लागि पठाएको पत्रका आधारमा सभामुखले सूचना टाँसेर वा प्रदेश सभामा जानकारी गराएर संसद् नरहेको जानकारी गराउनुपर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
-
फेवातालको मापदण्ड घटाउन जग्गाधनीले दिए सर्वोच्चमा रिट
-
पोखरा महानगरलाई लेखा समितिको निर्देशन: बेरुजु नतिर्नेको तीनपुस्ते सार्वजनिक गर
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची