छात्रालाई दुर्व्यवहार गर्ने नोबेल एकेडेमीका शिक्षकलाई बर्खास्त गर्न विद्यालय सहमत
काठमाडौंको नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीमा अध्ययनरत छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई बर्खास्त गर्न विद्यालय प्रशासन सहमत भएको छ । बुधवार विद्यालय प्रशासन, विद्यार्थी र अभिभावकको बिचमा शिक्षक बर्खास्तीसहित ५ बुँदे सहमति भएको हो ।
भदौ १३ मा कक्षा १० मा अध्ययनरत छात्रालाई यौनजन्य म्यासेज पठाएको र दुर्व्यवहार गरेको आरोपमा प्रहरी वृत्त नयाँ बानेश्वरले शिक्षक सरोज भट्टराइलाई पक्राउ गरेको थियो । भक्तपुरको बालकोट बस्दै आएका ३० वर्षीय भट्टराई प्रहरी हिरासतमा छन् । भट्टराईलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा ५ दिनको म्याद लिएर हिरासतमा राखेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
विद्यालय प्रशासन र विद्यार्थीको बीचमा पीडित छात्राको तर्फबाट कानुनी प्रक्रिया अघि बढाउने र विद्यालयको तर्फबाट सहयोग गर्ने सहमति भएको छ । त्यस्तै सहज पठन–पाठनको व्यवस्था मिलाउने, शैक्षिक गतिविधिमा पूर्वाग्रह नगर्ने र विद्यार्थीको तर्फबाट पठन–पाठन सहज बनाउन भूमिका खेल्ने सहमति भएको एकजना शिक्षकले रातोपाटीलाई बताए ।
बुधवार बिहान नोबेल कलेजका विद्यार्थी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विमल पौडेल, अखिल क्रान्तिकारीका काठमाडौं इन्चार्ज निरज श्रेष्ठ र नोबेल एकेडेमीको प्रिन्सिपल रविन दाहालले छलफल गरेका थिए । छलफलका पीडितका अभिभावक पनि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’