आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सीट बाँडफाँटमा बाहिर आएजस्तो विवाद छैन : प्रचण्ड

बुधबार, १५ भदौ २०७९, २२ : ४१
बुधबार, १५ भदौ २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा बाहिर आएजस्तो सीट बाँडफाँटमा विवाद नभएको बताएका छन् । पार्टी सम्पर्क समन्वय प्रदेशको बैठकलाई केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले सीट बाँडफाँटमा धेरै ठुलो विवाद नभएकाले यहीँ गठबन्धनलाई बलियो गरेर जाने प्रष्ट पारेका छन् । 

तपाईहरुले बाहिर जे सुन्नुभएको छ । सीट बाँडफाँटमा समस्या भयो । यस्तो भयो उस्तो भयो । त्यस्तो कुनै ठुलो विवाद छैन । यो गठबन्धन चुनावसम्म जान्छ’ बैठकका सहभागी एक नेताले भने, ‘सीट बाँडफाँटका विषयमा शीर्ष नेताहरु बसेर छलफल गरेमा समाधान हुन्छ । तपाईहरु दुविधामा नपर्नुहोला ।’

सत्ता गठबन्धनबाट बाहिर जाने विषयमा पार्टीले सोच्दै नसोचिएको प्रचण्डले प्रष्ट पारेका छन् । प्रदेश समन्वय समितिले प्रदेश र संघमा नाम सिफारिस गर्दा समानुपातिक समावेशीका आधारमा योग्य, सक्षम र चुनाव जित्न सक्ने नाम सिफारिस गर्न प्रचण्डले आग्रह गरेका छन् ।

विगतको स्थानीय चुनावमा सम्पर्क समन्वय समितिले महत्वूर्ण भूमिका खेलेको चर्चा गर्दै प्रचण्डले प्रदेश र संघमा समेत भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले पार्टी कमिटीलाई सक्रिय बनाउन नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप