आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कैलाली ४ बाट नैनसिंह महर सिफारिस

बुधबार, १५ भदौ २०७९, १७ : ३३
बुधबार, १५ भदौ २०७९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरलाई कैलाली क्षेत्र नम्बर ४ मा उम्मेदवारका लागि सिफारिस गरिएको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय समिति क्षेत्र नं ४ को बुधबार बसेको बैठकले महरसहित सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा.लक्ष्मीराज पाठकलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ का लागि सिफारिस गरेको हो। 

सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी नगरपालिका यसै ४ नं क्षेत्रमा पर्दछ । सो क्षेत्रबाट तत्कालीन माओवादीका सुदूरपश्चिम इन्चार्ज (हाल एमालेका सचिव) लेखराज भट्टले २०६४, २०७४ मा प्रत्यक्ष तर्फ चुनाव जितेका थिए भने २०७० सालमा कांग्रेस नेता दीर्घराज भाट विजय भएका थिए । 

नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष महरलाई कांग्रेस र माओवादीको शीर्ष नेताहरुको इसारामा क्षेत्रीय समितिले सिफारिस गरेको स्रोतले बतायो । पूर्वमन्त्री लेखराज भट्टलाई विजय गराउन सुदूरपश्चिमका १६ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये एमाले अध्यक्ष केपी ओलीले यो क्षेत्रलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । 

एमालेको प्रतिष्ठा बनेको कैलाली ४ मा भट्टसँगको प्रतिष्पर्धामा लोकप्रिय युवन नेता महरलाई सिफारिस गरिएको माओवादी सुदूरपश्चिम एकजना नेताले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप