राष्ट्रिय वाणिज्य बैंक र तीन पालिकाबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सम्झौता
राष्ट्रिय वाणिज्य बैंक र गोरखा जिल्लाका तीन पालिकाबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सम्झौता भएको छ । गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर राना मगर, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जारा र बारपाक सुलिकोट गांउपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि पालिकाले आफ्नो क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ । सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने बैंकले जनाएको छ ।
सम्झौताले अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्र्तगत व्यवसाायिक कृषि तथा पशुपन्छी कर्जा कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास लिइएको बैंकले जनाएको छ । समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यसले उद्यमी र बैंक बीचको खाडल हटाउन सहयोग पुग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख