माओवादीसँग राष्ट्रपतिले भनिन्– नागरिकता विधेयकमा राष्ट्रिय सहमति चाहिन्छ
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेतासँगको भेटमा नागरिकता विधेयकमा राष्ट्रिय सहमति गरेर जान सुझाएकी छन् । राष्ट्रपति निवास पुगेका माओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेतासँग उनले राष्ट्रिय महत्वको विषयमा सबै दलहरुबीच सहमति बनाएर जाने वातावरण बनाउन आग्रह गरेकी हुन् ।
‘राष्ट्रपतिज्यूले नागरिकता विधेयकका विषयमा कन्सर्न राख्नुभयो । समिति बनाएर छलफल हुनुपर्छ । त्यहाँबाट सर्वसम्मत होस् भन्ने छ’ भेटमा सहभागी एक माओवादी नेताले भने, ‘राष्ट्रिय महत्वको नागरिकता जस्तो विधेयकमा सबै दलको सहमति हुँदा राम्रो हुन्छ । त्यसै गर्दा राम्रो हुन्छ भन्नुभयो ।’
जवाफमा प्रचण्डले नागरिकता विधेयकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुँदादेखि सहमति भएको विधेयक ल्याएको प्रष्ट पारेका छन् । ‘प्रधानमन्त्री केपीजी हुँदा सहमति बनेकै विषय हो । राज्य व्यवस्था समितिमा विवाह गरेर आउनेको हकमा ७ वर्षको प्रावधान बनाएको थियो । विधेयक संसदमा ल्याउन ओलीजीलाई धेरै पटक दबाब दिइयो । सरकारले लग्दै लगेन’ प्रचण्डको भनाई उदृढ गर्दै ती माओवादी नेताले भने, ‘पछि ओलीजीले संसद विघटन गर्नुभयो । त्यहीँ विधेयकलाई ओलीजीले अध्यादेश मार्फत ल्याउनुभयो । अहिले हामीले ओलीजीले जे ल्याउनुभयो । त्यहीँ विधेयक ल्यायौ ।’
तत्कालीन प्रधानमन्त्री केपी ओलीले ल्याएको अध्यादेशभन्दा केही फरक नभएको प्रचण्डले प्रष्ट पारेका छन् । जन्मसिद्धका आधारमा सबैका छोराछोरीले नागरिकता पाउन नागरिकता विधेयक पास हुनुपर्ने प्रचण्डले जोड दिएको ती नेताले बताए । अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा लगायतका नेताहरु पुगेका थिए । अहिले नागरिकता विधेयक राष्ट्रियसभामा पुगेर अड्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीमा राप्रपाको मोटरसाइकल र्याली, तस्बिरहरू
-
मधेस प्रदेशमा जनमत नेतृत्वमा सरकार गठन गर्नेबारे सहमति भएको छैन : एमाले
-
थली घटना : छोरा घाइते अवस्थामा फेला, छोरीसँग सोधपुछ
-
पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु
-
गृहमन्त्रीलाई कांग्रेसको चेतावनी : ‘कैलाश सिरोहियामाथि कारबाही भए हामी सहँदैनौँ’
-
आजको संसद् : कांग्रेसको अवरोध, सरकारको पेलाइ