शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ’ गुगल प्लेमा प्रतिबन्ध

बुधबार, १५ भदौ २०७९, १७ : ०८
बुधबार, १५ भदौ २०७९

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थापना गरेको सामाजिक सञ्जाल टु्रथलाई गुगल प्ले स्टोरले प्रतिबन्ध लगाएको छ । गुगलले ट्रुथमा भडकाउ, उत्तेजक र प्रतिबन्धित पोस्ट बढी भएकाले प्रतिबन्ध लगाएको जनाएको छ ।

गुगल प्ले स्टोरले ट्रुथलाई प्रतिबन्ध लगाएसँगै एन्ड्रोइड स्मार्टफोनमा यो एप डाउनलोड गर्न नसकिने भएको छ । गुगलले एपमाथि प्रतिबन्ध लगाएपछि ट्रुथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले गुगलले दादागिरी गरेको आरोप लगाएका छन् ।

ट्रम्पको कम्पनी ट्रुथले यही वर्षको फेब्रुअरीमा एप्पल स्टोरमा एप लञ्च  गरेको थियो । यस्तै, एन्ड्रोइडमा समेत पाइने यो एप अहिले भने प्रतिबन्धको सिकार बनेको छ । ट्रुथका सीइओले गत साता मात्रै यो एप एन्ड्रोइड प्रयोगकर्ताले समेत प्रयोग गर्न पाउने बताएका थिए । 

यस्तै, गुगलका प्रवक्ताले भने कम्पनीलाई पटक–पटक भड्काउ, उत्तेजक र प्रतिबन्धित पोस्ट नियन्त्रण गर्न जानकारी गराएको बताउँछन् । गुगल प्ले स्टोरमा लञ्च हुने एपले कम्पनीको नीति नियम मान्नुपर्ने र नमानेको खण्डमा प्रतिबन्ध लगाउने गुगलको नीति रहेको प्रवक्ताको भनाइ छ । –बीबीसीबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप