बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सीट बाँडफाँटका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

बुधबार, १५ भदौ २०७९, १६ : ५७
बुधबार, १५ भदौ २०७९

आगामी मंसिर ४ गते हुने चुनावमा सीट बाँडफाँट गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुले आज बेलुका बैठक बस्ने तयारी गरेका छन् । सीट बाँडफाँटका विषयमा कार्यदलमा सहमति हुन नसकेपछि शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तयारी गरेको बालुवाटार निकट स्रोतले जनाएको छ ।

सत्ता गठबन्धनमा सहभागी दलहरुले आ–आफ्नो दाबी छोड्न तयार नभएपछि शीर्ष नेताहरु बसेर छलफल गर्न लागेका हुन् । कार्यदलमा धेरै पटक छलफल गरेपनि सहमति हुन नसकेपछि शीर्ष नेताहरु बसेर छलफल गर्न लागेका हुन् । सत्ता गठबन्धनका शीर्ष नेताहरु बस्नुअघि नेपाली काँग्रेसका पदाधिकारी र पूर्व पदाधिकारी बसेर छलफल गरेका थिए ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई २०७४ सालको समानुपातिक मतलाई समेत आधार बनाउनुपर्ने सुझाव दिएका छन् । सीट बाँडफाँटमा पार्टीले एउटा बेन्च मार्क बनाएर गठबन्धन बैठकमा सीट दाबी गर्नुपर्ने काँग्रेस नेताहरुले आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप