सन्दीप टी–ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष दशमा
बुधबार, १५ भदौ २०७९, १६ : ४६
नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा शीर्ष दशमा पर्न सफल भएका छन् । केन्याविरुद्धको सिरिजको अन्तिम खेलमा दुई विकेट लिँदै सन्दीप सर्वाधिक विकेट लिने बलरको दोस्रो सूचिमा परेका हुन् ।
सन्दीपले ४४ खेलमा ८५ विकेट लिएका छन् । उनको इकोनमी ६.४० छ । त्यस्तै उनको स्ट्राइक रेट ११.७ रहेको छ । सन्दीपले केन्याविरुद्धको पाँच खेलको सिरिजमा १२ विकेट लिएका थिए । उनले सिरिजको चौथो खेलमा पाँच विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत
-
‘नेपाल टेलिकमले ५ हजारसम्मको उपहार दिन्छ भन्ने सूचना झुटो’
-
बैंकर्सलाई गभर्नरको सहानुभूतिपूर्ण सन्देश, ‘हिजो ध्यान दिएको भए आजको अवस्था आउँदैनथ्यो’
-
धनगढीमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने