शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

थप एक जना कोभिड–१९ सङ्क्रमितको मृत्यु

बुधबार, १५ भदौ २०७९, १६ : ४५
बुधबार, १५ भदौ २०७९

नेपालमा कोभिड–१९ बाट थप एक जना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय ७१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो ।

३ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २२४ तथा एन्टीजेन विधिबाट ४७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ । त्यस्तै, १७५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार १९४ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप