आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक नियम उल्लंघन गरि फरार भएका ६३ चालक कारवाहीमा

बुधबार, १५ भदौ २०७९, १६ : ४२
बुधबार, १५ भदौ २०७९

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गरि फरार भएका ६३ जना चालक कार्वाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार विभिन्न ट्राफिक नियम उल्लंघन गरेको आरोपमा ६३ जनालाई कार्वाही गरिएको हो ।

कार्वाहीमा पर्नेमा लेन उल्लंघन गर्ने ३१ जना, एकतर्फी सडकमा नियम विपरित सवारी चलाउने २३ जना र  नियमविपरित सवारी मोड्ने ८ जना रहेका छन् । त्यस्तै यात्रु लिन नमान्ने १ जना चालक पनि कार्वाहीमा परेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

त्यस्तै भदौ १ गते देखि १४ गतेसम्म काठमाडौं उपत्यकाकाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका ४ सय २० जना चालकमध्ये  ट्राफिक प्रहरीले खोजि गरि ल्याएका आएका ९७ जना चालक मध्ये ६३ जनालाई कारवाही गरिएको हो । अन्य चालकहरु हालसम्म ट्राफिक प्रहरीको सम्पर्कमा नआएकाले खोजि भईरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप