मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

महाभियोग सिफारिस समितिको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित

बुधबार, १५ भदौ २०७९, १६ : ०६
बुधबार, १५ भदौ २०७९

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोगबारे सुनुवाइ गर्न गठित महाभियोग सिफारिस समितिको बैठक भोलि ११ बजे फेरि बस्नेगरी स्थगित भएको छ ।

मंगलबार समितिको बैठकमा उपस्थिति भएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयान दिएका थिए । समय अभावका कारण बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गरिएको सिफारिस समितिका सदस्य मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले प्रधानन्यायाधीश जबरालाई विभिन्न प्रश्न गरेका थिए । जबराले समितिका सदस्यहरुको प्रश्नको जवाफ दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप