शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अविरल वर्षाले सिन्धुपाल्चोकका ग्रामीण सडक अवरुद्ध

बुधबार, १५ भदौ २०७९, १६ : ०४
बुधबार, १५ भदौ २०७९

केही दिनयता परेको वर्षाले सिन्धुपाल्चोकका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसँग जोडिएका ग्रामीण सडक अवरुद्ध बनेका हुन् । मेलम्ची, तिपेनी,भोताङ मोटरबाटोको ठाउँठाउँमा पहिरो जाँदा पाँच पोखरी गाउँपालिकाका स्थानीयवासीले सास्ती व्यहोर्नु परेको गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिए । गाउँपालिकाले पहिरो पन्छ्याउने कार्य गरिरहे पनि यातायात सञ्चालन भने हुन सकेको छैन । 

अरनिको राजमार्ग बाह्रबिसे–कोदारी लोकमार्गका विभिन्न खण्डमा पहिरोले बाटो अवरुद्ध भएको छ । स्थानीय राम थापाकाअनुसार बलेफी–जलबिरे, जलबिरे–कात्तिके–तेम्बाथान सडकमाथिबाट पहिरो आउने र तलबाट भासिने भएपछि आवागमनमा समस्या भएको छ । बाह्रबिसेदेखि त्रिपुरासुन्दरी गाउँपालिकाको पिस्कर जोड्ने सडक भासिने र पहिरो जाने भएपछि तीन दिनअघिबाट सडक बन्द भएको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले जानकारी दिए ।

स्थानीयवासीका अनुसार पहिरोले १२ वटै  स्थानीय तहको सडकमा ठाउँ ठाउँमा क्षति गरेको छ । सडकमा पहिरो झर्दा कतिपय ठाउँमा पूर्ण रुपमा बन्द भएको र कतिपय ठाउँ जोखिमपूर्ण भएकाले यसको मर्मत सम्भारको लागि पहल गरिरहेको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले जानकारी दिए । सडकमा पहिरो झर्दा स्थानीयवासीलाई बजारसम्म आउजाउ गर्नसमेत समस्या भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप