५ दलीय गठबन्धन जनताको रगत चुस्न बनेको हो : केपी ओली
बुधबार, १५ भदौ २०७९, १६ : ०१
१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ ५ दलीय गठबन्धन जनताको रगत चुसेर देशलाई कंगाल बनाउन बनेको टिप्पणी गरेका छन् । बुधवार कञ्चनपुरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन आफै मित लगाएर पनि नबनेको बताए ।
‘जनताको रगत चुसेर जनतालाई कंगाल बनाउन देशविरुद्ध एउटा गठबन्धन बनेको छ । यो आफै आफै मित लाएर बनेको पनि होइन’, ओलीले भने, ‘अन्तै कसैले टाउका समातेर बनेको छ ।’ पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धनमा रहेका दलहरू जुट्न पनि नसकेको र फुट्न पनि नसकेको बताए ।
‘जुटेका पनि छैनन् फुट्ने ल्याकत पनि छैन । जेजस्तो भएपनि यी यहीँ बस्नेवाला छन्, त्यही भएर देशभरका जनता अरू पार्टी छोडेर एमालेमा ओइरो लागेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गभर्नरको आशाले उचालियो सेयर बजार, ३७ अंकले बढ्दा ८२ अंकको उतारचढाव
-
अपडेट : आईपीएल एक साताका लागि स्थगित
-
भारतमा घट्दा पाकिस्तानमा बढ्यो सेयर बजार
-
बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घद्वारा १० बुँदे मागपत्रसहित मुख्यमन्त्री कार्यालयमा निवेदन
-
सागर एक्लैले पाँच विकेट लिएपछि पुलिस स्कुलले सजिलै हरायो रत्नराज्यलाई
-
नेपालमा नोबेल ब्रान्डको लन्च