आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा समाजवादीलाई धक्का, राज्यमन्त्रीदेखि प्रदेश अध्यक्षसमेत एमालेमा प्रवेश

बुधबार, १५ भदौ २०७९, २० : ००
बुधबार, १५ भदौ २०७९

आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेकपा एकीकृत समाजवादी पार्टीलाई सुदूरपश्चिम प्रदेशमा धक्का लागेको छ । सो पार्टीबाट प्रदेश सरकारमा सहभागी राज्यमन्त्रीसहित पार्टीका उच्च पदाधिकारीहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार महेन्द्रनगरमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई एमालेमा प्रवेश गराएका हुन् । कार्यक्रममा एकीकृत समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिमका पूर्व आर्थिक मामिला मन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष विक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोक कुमार चन्दसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

बुधबार मात्रै बर्खास्तमा परेका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई पनि ओलीले एमालेमा प्रवेश गराएका छन् । एकीकृत समाजवादीबाट चौधरी २०७८ चैत २५ गते राज्यमन्त्री पदमा नियुक्त भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप