चोलेन्द्रको आरोप : बारका तत्कालीन अध्यक्ष र महासचिवले मसँग न्यायाधीश पद मागे
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एसोसिएसनका तत्कालीन पदाधिकारीले आफूसँग उच्च अदालतको मुख्य न्यायाधीश पद मागेको दाबी गरेका छन् । तर, सो पद नदिँदा आफूविरुद्ध आन्दोलन भएको जबराको जिकिर छ ।
बुधबार संसद सचिवालयमा महाभियोग सुनुवाइ समिति समक्ष बयानका क्रममा उनले तत्कालीन नेपाल बार एसोसिएसनकाअध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेलले उच्च अदालतको मुख्य न्यायाधीश पद मागेको दाबी गरेका हुन् ।
उनीहरूले आफ्नो चेम्बरमा आएर पदको बार्गेनिङ गरेको तर आफू त्यसमा असमत हुँदा आन्दोलन चर्काएको बताए । सांसद कृष्णभक्त पोखरेलको प्रश्नको जवाफका क्रममा जबराले स्वार्थ समूहको कुरा नमान्दा आफूमाथि प्रहार भएको पनि जिकिर गरे ।
उनले वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतलाई अस्थिर बनाउन भूमिका खेलेको आरोप लगाए । यस्तै अदालतको सानो भन्दा सानो कुरामा मिडिया ट्रायल गर्ने गरिएको बताए । जबसम्म मिडियामा तथ्यपूर्ण कुरा आउँदैन तबसम्म त्यसले न्याय प्रक्रियामा असर पारिरहेको उनको भनाइ थियो ।
उनले भने, ‘सार्वजनिक व्यक्तिलाई सधैँ आरोप लाग्छ । तर त्यसलाई पुष्टि गर्न सक्नुपर्छ । हामीमाथि सधैँ आरोप लाग्ने गरेको छ । न्यायपालिकामा भष्टाचार छ, यो छ त्यो छ भनेर आरोप लाग्छ’, उनले भने, ‘न्यायाधीश भनेको काँचो माटोजस्तै हो । भाँडाको आकार लिन समय लाग्छ ।’
न्यापालिकालाई सक्षम र भ्रष्टाचार रोक्न आफूले सक्दो पहल गरेको पनि जबराले ताए । समितिमा हालसम्म जबराले ४ वटा आरोपमाथि जवाफ दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण