शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चोलेन्द्रको आरोप : बारका तत्कालीन अध्यक्ष र महासचिवले मसँग न्यायाधीश पद मागे

बुधबार, १५ भदौ २०७९, १५ : ४९
बुधबार, १५ भदौ २०७९

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एसोसिएसनका तत्कालीन पदाधिकारीले आफूसँग उच्च अदालतको मुख्य न्यायाधीश पद मागेको दाबी गरेका छन् । तर, सो पद नदिँदा आफूविरुद्ध आन्दोलन भएको जबराको जिकिर छ । 

बुधबार संसद सचिवालयमा महाभियोग सुनुवाइ समिति समक्ष बयानका क्रममा उनले तत्कालीन नेपाल बार एसोसिएसनकाअध्यक्ष चण्डेश्वर श्रेष्ठ र  महासचिव  लिलामणि पौडेलले उच्च अदालतको मुख्य न्यायाधीश पद मागेको दाबी गरेका हुन् । 

उनीहरूले आफ्नो चेम्बरमा आएर पदको बार्गेनिङ गरेको तर आफू त्यसमा असमत हुँदा आन्दोलन चर्काएको बताए ।  सांसद कृष्णभक्त पोखरेलको प्रश्नको जवाफका क्रममा जबराले स्वार्थ समूहको कुरा नमान्दा आफूमाथि प्रहार भएको पनि जिकिर गरे । 

उनले वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतलाई अस्थिर बनाउन भूमिका खेलेको आरोप लगाए । यस्तै अदालतको सानो भन्दा सानो कुरामा मिडिया ट्रायल गर्ने गरिएको बताए । जबसम्म मिडियामा तथ्यपूर्ण कुरा आउँदैन तबसम्म त्यसले न्याय प्रक्रियामा असर पारिरहेको उनको भनाइ थियो । 

उनले भने, ‘सार्वजनिक व्यक्तिलाई सधैँ आरोप लाग्छ । तर त्यसलाई पुष्टि गर्न सक्नुपर्छ । हामीमाथि सधैँ आरोप लाग्ने गरेको छ । न्यायपालिकामा भष्टाचार छ, यो छ त्यो छ भनेर आरोप लाग्छ’, उनले भने, ‘न्यायाधीश भनेको काँचो माटोजस्तै हो । भाँडाको आकार लिन समय लाग्छ ।’

 न्यापालिकालाई सक्षम र भ्रष्टाचार रोक्न आफूले सक्दो पहल गरेको पनि जबराले ताए । समितिमा हालसम्म जबराले ४ वटा आरोपमाथि जवाफ दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप