बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

चुनाव लड्न कास्की १ बाट पनि गगन थापाको आवेदन

बुधबार, १५ भदौ २०७९, १५ : १४
बुधबार, १५ भदौ २०७९

कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय संसदको निर्वाचन लड्न  कांग्रेस महामन्त्री गगन थापाको नाममा आवेदन परेको छ ।  कांग्रेस कास्कीका सचिव भानुभक्त ढकालले गगनको नाममा निवेदन दर्ता गराएका हुन् ।

कांग्रेसको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ८ को दफा ३० को उपदफा १ बमोजिम ढकालमार्फत थापाको नाममा आवेदन परेको हो  । 

थापाले बुधबार नै काठमाडौं–४ बाट पनि निर्वाचन लड्न आवेदन दिँदैछन् । थापा यसअघि काठमाडौं निर्वाचन क्षेत्रनम्बर ४ बाट चुनाव लड्दै आएका छन् ।  थापालाई यो पटक कास्कीबाट उम्मेद्वार बन्न कास्कीका काँग्रेस नेताहरुले आग्रह गर्दै आएका छन् भने सोही अनुसार ढकालमार्फत आवेदन परेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप