आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

खस्कियो नेपालको टी–ट्वान्टी वरीयता

बुधबार, १५ भदौ २०७९, १५ : २०
बुधबार, १५ भदौ २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।

नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा झरेको छ । अघिल्लो वरीयतामा नेपाल १५ औं स्थानमा थियो । वरीयता घटेसँगै नेपालको सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी–ट्वान्टी विश्वकपमा सिधै छनोट हुने सम्भावना कठिन बनेको छ ।

सन् २०२४ को टी–ट्वान्टी विश्वकपमा वरियताको शीर्ष ११ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन् । एकदिवसीयमा नेपाल १९ औं स्थानमा छ । टी–ट्वान्टी वरीयतामा नेपाल शीर्ष स्थानमा छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप