शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सेयर बजारमा २२ अंकको गिरावट, १ अर्ब १२ करोडको कारोबार

बुधबार, १५ भदौ २०७९, १५ : १२
बुधबार, १५ भदौ २०७९

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २२.५४ अंकको गिरावट आएको छ । कारोबार खुलेको समयदेखि नै घट्न थालेको नेप्से १.१३ प्रतिशत घट्दै समग्र परिसूचक १९ सय ७२ अंकमा आइपुगेको छ । यससँगै, नेप्से परिसूचक १८ सय अंककोबिन्दुतर्फ लम्किएको छ ।

यसैगरी, आज सेन्सेटिभ परिसूचक ४.३३ अंकले घटेर ३८४.६२ अंकमा आइपुगेको छ । यसक्रममा आज यो परिसूचक १.११ अंकले घटेको छ । नेप्से परिसूचकमा २२ अंकको गिरावट आएको दिन आज १ अर्ब १२ करोड ६२ लाख १७ हजार रुपैयाँ बराबरको २९ लाख ९२ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज नेप्सेमा कारोबार भएको सबै १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये, जीवन बीमा समूहमा १३७.४४ अंकको गिरावट आएको छ भने लघुवित्त समूह ६६ अंकले घटेको छ । यस्तै, विकास बैंक समूह ६५ अंक, उत्पादनमूलक समूह ५०, जलविद्युत ४९ अंक, होटल र टुरिजम समूह ३६ अंकले घटेको छ ।

परिसूचक घटेपनि आज हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी प्रमोटर सेयर लगानीकर्ताले कमाउन सफल बनेका छन् । प्रमोटर सेयर १० प्रतितले बढ्दै प्रतिकित्ता २५४ रुपैयाँ पुगेको छ । आज यो कम्पनीको सेयर मूल्यमा प्रतिकित्ता २३ रुपैयाँको वृद्धि आएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप