चोलेन्द्रले सीमाबाहिर गएर बोल्न खोज्नुभयो : विश्वकर्मा
महाभियोग सिफारिस समितिका सदस्य तथा नेपाली काँग्रेसका सचेतक मिनबहादुर विश्वकर्माले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उनीमाथि गरिएका प्रश्नहरुको जवाफ दिने क्रममा सीमबाहिर गएर बोल्न खोजेको आरोप लगाएका छन् ।
समितिमा बयानका क्रममा आफ्नो प्रतिरक्षा गर्दै राणाले राजनीतिक रूपले नियुक्ति भएका न्यायाधीशहरूका कारणले आफूले एकमतले निर्णय गर्न नसकेको कुरा राखेका थिए । राणाले आफ्नो दोष अरूको टाउकोमा पन्छाउन खोजेपछि आफूहरूले संविधानको धारा १३६ का अनुसार न्यायपालिकामा भएका सबै निर्णयहरूको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्छ कि पर्दैन भनेर प्रश्न गरेको विश्वकर्माले बताए । ‘जवाफमा राणाले मैले बोल्ने क्रममा मात्र त्यसो भनेको हुँ । म जिम्मेवारी लिन्छु भनेर भन्नुभयो,’ विश्वकर्माले राणाको भनाई उद्धृत गर्दै भने ।
विश्वकर्माले प्रधानन्यायाधीशले आफ्नो संवैधानिक पदीय दायित्व पुरा नगरेबापत संसद्का एक चौथाइ सदस्यहरूले २१ बुँदे महाभियोग दर्ता गरेका बताउँदै आज आरोपित राणामाथि समितिले सोध्ने क्रम जारी रहेको बताए । जवाफ दिने क्रममा राणाले अभियोगको छलफल किन ढिलो आयो भनेर जिज्ञासा राखेको पनि सुनाए । राणाले यतिबेला सफाइका आधारहरू प्रस्तुत गरिरहेको उनले भनेका कुरालाई छानबिन गर्न बाँकी नै रहेको बताए ।
उनले समितिले तय गरेको कार्यतालिका पनि परिमार्जन गर्ने तयारी गरिरहेको जानकारी दिए । प्राप्त कागजातको अध्ययन गर्नका लागि समय लाग्ने तथा प्रधानन्यायाधीश माथि लगाइएको महाभियोगमा हचुवाका भरमा निर्णय गर्न नहुने भन्दै वृहत् छलफल र अध्ययनका लागि कार्यतालिका परिमार्जन गर्ने तयारी गरिएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण