शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

६७ औँ भारतीय फिल्म फेयर अवार्ड : रणवीर र कृति उत्कृष्ट घोषित

बुधबार, १५ भदौ २०७९, १३ : ४४
बुधबार, १५ भदौ २०७९

६७ औँ भारतीय फिल्मफेयर अवार्डको घोषणा भएको छ । अवार्डमा उत्कृष्ट अभिनेता रणवीर सिंह र अभिनेत्री अभिनेत्री कृति सेनन भएका छन् । रणवीर फिल्म ‘८३’ बाट उत्कृष्ट अभिनेता  ठहरिँदा कृतिले ‘मिमी’ बाट उत्कृष्ट अभिनेत्री अवार्ड प्राप्त गरेकी हुन् । 

यो वर्षको सर्वोत्कृष्ट फिल्मको अवार्ड सिद्धार्थ मल्होत्राको फिल्म शेर शाहले जितेका छन् । त्यसैगरी उत्कृष्ट गीतकारको अवार्ड कौसर मुनिरलाई प्रदान गरियो । फिल्मफेयर अवार्ड महिलालाई दिइएको यो पहिलो पटक हो । शेर शाहलाई विष्णुवर्धन पुरीले निर्देशन गरेका हुन् ।

फिल्म शेर शाहको कथा परमवीर चक्र विजेता क्याप्टेन विक्रम बत्राको जीवनमा आधारित छ । विक्रमले पाकिस्तानसँगको कारगिल युद्धमा महत्वपूर्ण भूमिका खेलेका थिए । शेर शाहमा सिद्धार्थ मल्होत्राले क्याप्टेन विक्रमको भूमिका निर्वाह गरेका छन् । यस फिल्ममा कियारा आडवाणी विक्रमकी प्रेमिका डिम्पलको भूमिकामा देखिएकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप